३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएलमा नयाँ नियम: अब बलरले प्रत्येक ओभरमा दुईवटा ‘बाउन्सर’ फाल्न पाउने, डीआरएस’ को ठाउँमा ‘एसआरएस

९ चैत्र २०८०, शुक्रबार ०६:२२

चैत ९, काठमाडौँ | आजदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण सुरु हुँदैछ । यसपटक पनि आईपीएलमा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल साविक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबिच खेलिने छ ।

यसपटक आईपीएलमा केही नियममा पनि परिवर्तन गरिएको छ । क्रिकेटको टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै पनि बलरले एक ओभरमा एउटामात्र ‘बाउन्सर’ फाल्न पाउँछ । हालसम्म आईपीएलमा पनि यही नियम लागू हुँदै आएको थियो ।

तर, आईपीएलको १७औँ संस्करणमा अब कुनै पनि बलरले प्रत्येक ओभरमा दुईवटा ‘बाउन्सर’ फाल्न पाउने छन् । यसअघि भारतमा आयोजना हुने घरेलु प्रतियोगितामा सैयद मुस्ताक अली ट्रफीमा यो नियमको प्रयोग गरिएको थियो ।

आईपीएलमा पनि यो नियम लागू भएपछि बलरहरुलाई केही फाइदा पुग्ने अनुमान गरिएको छ । यो नयाँ नियमले ब्याट्सम्यानमाथि मानसिक दबाब बढाउने छ । खेललाई सन्तुलनमा राख्न यो नियम प्रभावकारी सिद्ध हुने अनुमान आयोजकले गरेको छ ।


यसैगरी आईपीएलको यसअघिको संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) नियम लागू गरिँदै आएको थियो । तर, शुक्रबारदेखि सुरु हुने आईपीएलको १७औँ संस्करणमा भने डीआरएस नियमको सट्टा स्मार्ट रिप्ले सिस्टम (एसआरएस) लागू गरिने छ ।

स्मार्ट रिप्ले सिस्टमलाई प्रभावकारी रूपमा प्रयोगमा ल्याउन खेल मैदानमा आठवटा हक–आई क्यामरा जडान गरिने छ । यी क्यामराको मद्दतले खेलमा सटिक निर्णय लिन मद्दत पुग्ने अनुमान गरिएको छ । एसआरएस लागू भएपछि टेलिभिजन अम्पायरलाई पनि हक–आई क्यामरा अपरेटर बस्ने कोठामै राखिने छ ।

हक–आई प्रविधि नियन्त्रण गर्ने कक्षमा दुई जना अपरेटरसँगै टेलिभिजन अम्पायर पनि रहने छन् । त्यही कक्षबाट टेलिभिजन अम्पायरले पनि मैदानमा हुने सम्पूर्ण गतिविधिको अवलोकन गर्नेछन् । यो नियम लागू हुनुअघि डीआरएसबाट खेलको विषयमा कुनै निर्णय लिनु परेमा टेलिभिजन ब्रोडकास्टिङ निर्देशकले टेलिभिजन अम्पायरलाई अपरेटरसँग सम्पर्क गराउने गर्थे ।

एसआरएस लागू भएपछि भने टेलिभिजन अम्पायर आफैले हक–आई क्यामरा नियन्त्रण कक्षमा बसेर आफैले सबै कुराको निरीक्षण गर्नेछन् । सोही आधारमा टेलिभिजन अम्पायरले विवादित विषयमा आफ्नो निर्णय सुनाउने छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’