४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएलमा आज दुई खेल, पाँच पटकको च्याम्पियन मुम्बईलाई चुनौती दिँदै गुजरात

११ चैत्र २०८०, आईतवार ०८:३३

चैत ११, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुई वटा खेल खेलिँदै छ । पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्नेछ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

यसैगरी आइतबारको दोस्रो खेल गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच हुनेछ । जारी आईपीएलमा गुजरात र मुम्बईको यो पहिलो खेल हो । उक्त खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । खेल नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ ।

आईपीएलको इतिहासमा मुम्बई सर्वाधिक सफल टोली हो । मुम्बईले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । मुम्बईले पाँचवटै उपाधि रोहित शर्माको कप्तानीमा जितेको थियो । तर, यसपटक मुम्बई सर्वाधिक सफल कप्तान शर्माको कप्तानीमा मैदानमा ओर्लने छैन ।


अर्कोतिर, गुजरात टाइटन्सले हालसम्म एकपटक मात्र आईपीएलको उपाधि पनि चुम्न सकेको छ । गुजरात टाइटन्स हालसम्म दुई पटक फाइनलमा पुगेको छ । एकपटक भने गुजरात टाइटन्स फाइनलमा पराजित भएको छ ।

यसपटक मुम्बई र गुजरात दुवै नयाँ कप्तानको नेतृत्वमा मैदानमा ओर्लने छन् । यसपटक मुम्बईको कप्तानी हार्दिक पाण्ड्याले गर्नेछन् । गुजरातको कप्तानी भने यसपटक शुभमन गिलले गर्नेछन् । गिलले आईपीएलमा पहिलो पटक कुनै पनि टोलीको कप्तानको जिम्मेबारी पाएका हुन् ।

यसअघि हार्दिक पाण्ड्या गुजरातबाट खेल्थे । उनकै कप्तानीमा गुजरातले दुई पटक फाइनल खेलेको थियो । हार्दिकको कप्तानीमा गुजरात सन् २०२२ मा च्याम्पियन बनेको थियो । सन् २०२३ मा भने गुजरात उपविजेतामा समेटिएको थियो ।

आईपीएलमा हालसम्म मुम्बई र गुजरातबिच कुल चार खेल खेलिएको छ । त्यसमा मुम्बई र गुजराज दुबैले दुई–दुई खेल जितेका छन् । अहमादाबादमा यसअघि गुजरात र मुम्बईबिच दुई खेल खेलिएको छ । ती दुवै खेलमा मुम्बई पराजित भएको छ । समग्रमा हालसम्म आफ्नो घरेलु मैदानमा खेलिएको १० मध्ये ६ खेलमा गुजरात विजयी भएको छ ।

सम्भावित टोली

मुम्बई इन्डिन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, ईशान किशन (विकेटकिपर), तिलक वर्मा, नेहाल वाधेरा, टिम डेभिड, मोहम्मद नाबी वा रोमारियो शेफर्ड, पियुष चावला, जेराल्ड कोट्जी, जसप्रित बुमराह र नुवान थुषरा ।

गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान शाह, साई सुदर्शन, अजमतुल्लाह ओमरजाई, डेभिड मिलर, शाहरुख खान,  राहुल तेवातिया, राशिद खान, उमेश यादव, मोहित शर्मा र स्पेन्सर जानसन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ