२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको भोलीको खेल वर्षाका कारण अवरुद्ध हुन सक्ने

२०८०, ११ चैत्र आईतवार ११:३०

चैत ११, काठमाडौँ | नेपाल र आयरल्यान्ड वुल्भ्सबीच ट्वान्टी–२० शृङ्खला अन्तर्गतको पहिलो खेल सोमबार (भोली) हुने तालिका सार्वजनिक भएको छ। पाँच खेलको ट्वान्टी–२० शृङ्खला अन्तर्गत पहिलो खेल भोली दिउँसो १ बजे हुन लागेको हो।

नेपाल र आयरल्यान्ड वुल्भ्सबीचका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुदैछन्। तर सोमबार हुने भनिएको खेल वर्षाका कारण अवरुद्ध हुने सम्भावना पनि त्यत्तिकै बढेको छ।


त्रिभुवन विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले सोमबार दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने जानकारी दिएका छन्।

‘सोमबार बिहानैदेखि पानी पर्ने र रोकिने, फेरी पर्ने क्रम जारी रहन्छ’, उनले  भने, ‘वर्षा हुने सम्भावना धेरै छ। नियमित नभए पनि हुने र रोकिने भइरहन सक्छ।’ त्यसो त उनले मंगलबार पनि बादल लाग्ने जानकारी दिए।

लामिछानेका अनुसार मंगलबारपनि बद्लीको अवस्था छ र पानी पर्न सक्ने सम्भावना छ। देशभरकै पहाडी भू–भागमा सोमबार पानी पर्ने र रोकिने क्रम रहन सक्ने लामिछानेको अनुमान छ।

उनका अनुसार विशेष गरी कोसी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा यस्तो क्रम चलिरहन्छ। यी प्रदेशमा मंगलबार पनि बद्लीकै सम्भावना छ। सोमबारको तुलनामा मंगलबार पानी पर्ने सम्भावना कम छ।

तर यसपछिका थप तीन खेल ट्वान्टी–२० र तीन खेलको एक दिवसीय शृङ्खला नेतृत्व विनोद भण्डारीले गर्नेछन्। खेल तालिका अनुसार दोस्रो खेल चैत १३ गते, तेस्रो खेल १५ गते, चौथो खेल १६ गते र पाँचौँ खेल १८ गते हुनेछन्। यसैगरी तीन एक दिवसीय खेल चैत २१, २३ र २५ गते हुदैछन्। यी सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नै हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति