३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानका इमाद र आमिरले तोडे सन्यास, टी-२० विश्वकप छनोटका लागि उपलब्ध

१२ चैत्र २०८०, सोमबार ०६:००

चैत १२, काठमाडौँ | पाकिस्तानका विवादास्पद बायाँ हाते फास्ट बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने आफ्नो निर्णय परिवर्तन गरेका छन् । उनले आगामी जुनमा हुने टी-२० विश्वकप छनोटका लागि आफु उपलब्ध हुने बताएका छन् ।

यस अघि स्पट फिक्सिङको आरोपमा सन् २०१० देखि २०१५ सम्म प्रतिबन्धको सामना गरेका आमिरले २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरेका थिए । उनले त्यसपछि विभिन्न फ्रेन्चाईजी लिग खेल्दै आएका छन् । अब मोहसिन नक्वीको नेतृत्वमा रहेको पाकिस्तान क्रिकेट बोर्डले उनलाई पुनरागमन गर्न मनाएको बताइएको छ ।


यस अघि इमाद वासिमले आफ्नो सन्यास तोडेर टी-२० विश्वकपका लागि उपलब्ध हुने बताएका थिए । यस पटक इस्लामाबाद युनाइटेडलाई पीएसएल च्याम्पियन बनाउने इमाद वासिमले पनि सन्यास लिएर आगामी टी–२० विश्वकपका लागि आफूलाई उपलब्ध भएको घोषणा गरेका हुन् ।

आमिरले अगस्ट २०२० मा म्यानचेस्टरमा पाकिस्तानका लागि अन्तिम टी-२० खेल खेलेका थिए । उनलाई अब टी-२० विश्वकपका लागि बोलाइने क्याम्पमा राखिने सम्भावना छ । 

छिट्टै ३२ वर्ष पुग्न लागेका आमिरले अहिलेसम्म ३६ टेस्ट, ६१ एकदिवसीय र ५० टी-२० खेल खेलिसकेका छन् । उनले सबै फर्म्याटमा जम्मा २५९ विकेट लिएका छन् । आमिरले टेस्टमा ११९ विकेट, एकदिवसीयमा ८१ विकेट र टी–२० मा ५९ विकेट लिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’