३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आयरल्याण्ड वोल्भ्सविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिंग गर्दै

१३ चैत्र २०८०, मंगलवार ०७:०१

चैत १३, काठमाडौँ । नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ ।

यस खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै आयरल्याण्ड वोल्भ्सले पहिला बलिङ गर्ने भएको छ ।  


नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज दोस्रो खेल खेल्न लागेको हो । यस अघि सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्ड वोल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा सोमबार खेलेका दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीलाई बाहिर राखिएको छ भने उनीहरुको ठाउमा विवेक यादव र अनिल शाहलाई प्लेइङ ११ मा सामेल गरिएको छ ।  

यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी र अविनाश बोहोरा रहेका छन् ।

यो सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन