३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएलमा आज लगातार दोस्रो जितको खोजीमा चेन्नई र गुजरात

१३ चैत्र २०८०, मंगलवार ०८:१०

चैत १३, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे चेन्नईमा शुरु हुनेछ ।

आईपीएलको जारी संस्करणमा यी दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यी दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । चेन्नईले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले हराएको थियो ।


गुजरातले भने आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको थियो । त्यसैले मंगलबारको खेलमा यी दुवै टोली लगातार दोस्रो जितको खोजीमा हुनेछन् । अघिल्लो संस्करणको फाइनल खेल पनि यही दुई टोलीबिच खेलिएको थियो । फाइनलमा चेन्नई विजयी भएको थियो ।

 यी दुई टोलीबीच अहिलेसम्म ५ खेल भएका छन् । गुजरातले ३ र चेन्नईले २ पटक जितेको छ । चेन्नई साविक र गुजरात सन् २०२२ को उपाधि विजेता टोली हो ।

अघिल्लो वर्ष चेन्नईले गुजरातलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो । यसपाली चेन्नईमा कप्तान रुतुराज गायकवाड र गुजरातको शुभमन गिल रहेका छन् ।  उद्घाटन खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराएको थियो भने गुजरातले आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो ।

आईपीएल क्रिकेटमा हिजो भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’