पाचौं विकेटका रूपमा पेभेलियन फर्किए रोहित पौडेल

Posted on: 26 Mar, 2024

चैत १३, काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा सोमबार आफ्नो पाचौं विकेट गुमाएको छ ।

नेपालले पाचौं विकेटका रूपमा रोहित पौडेललाई गुमाएको हो । उनी ३३ रन बनाउँदै पेभेलियन फर्किए ।

उनलाई आयरल्यान्डका बलर गेभिन होईको बलमा रोहितकुमार पौडेल  क्याच आउट भएका हुन् । १६ ओभरमा रोहित आउट हुँदा नेपालले एक सय ५७ रन बनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!