२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

केजरीवालको पक्राउ बारे जर्मनी र अमेरिकापछि संयुक्त राष्ट्रसंघको टिप्पणी

२०८०, १६ चैत्र शुक्रबार १०:५३

चैत १६, काठमाडौँ ।  जर्मनी र अमेरिकापछि संयुक्त राष्ट्रसंघले भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विषयमा टिप्पणी गरेको छ ।

संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले केजरीवाल पक्राउ परेको विषयमा टिप्पणी गरेका हुन् । उनले भनेका छन्- 'हामी आशा गर्छौं कि भारतमा सबैको अधिकार सुरक्षित हुनेछ । यो भारतमा चुनावी समय हो, त्यसैले सबै नागरिकले स्वच्छ वातावरणमा मतदान गर्ने अवसर पाउनेछन् ।'

यसअघि केजरीवाल पक्राउ परेको विषयमा जर्मनी र अमेरिकाले पनि यस्तै टिप्पणी गरेका थिए । भारतको विदेश मन्त्रालयले भने आन्तरिक विषयमा टिप्पणी गरेको भन्दै अमेरिका र जर्मनीका कुटनीतिज्ञसँग स्पष्टीकरण लिएको थियो ।

मुख्यमन्त्री केजरीवाल मदिरा नीतिमा अनियमितता गरेको आरोपमा मार्च २२ देखि प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका छन् । उनलाई अदालतले अप्रिल १ सम्म हिरासतमा राख्न अनुमति दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी