२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साङ्ग्रिला विराट गोल्डकपको सेमिफाइनलमा

२०८०, १८ चैत्र आईतवार ०३:२९

चैत १८, विराटनगर | मोरङको साङ्ग्रिला फुटबल क्लब विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

गएराती विराटनगरको सहिद रङ्गशालामा सम्पन्न खेलमा मोरङको साङ्ग्रिला फुटबल क्लबले भुटानको आरटिएफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

साङ्ग्रिलाको जितमा आशिष चापागाईँ, सुशील राई र स्याङले एक एक गोल गरेका थिए । त्यसैगरी भुटानको आरटिएफसीका लागि सोरव दार्जे दुवै गोल गरेका थिए ।  

प्रतियोगितामा नेपालका सहिद स्मारक ‘ए’ डिभिजन विजेता चर्च ब्वाइज, विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली, न्युरोड टिम, मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ एफए छन् । 

यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको थिम्पुबाट आरटिएफसी फुटबल क्लबले गोल्डकपमा प्रतिस्पर्धा गरेका छन् । 

गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच  लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । आइतबारको खेल काठमाडौँको एनआरटी फुटबल क्बल र भारतको  सिक्किम ड्रागनबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति