३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालका दुवै ओपनर आउट

१८ चैत्र २०८०, आईतवार ११:३७

चैत १८, काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टिम र भारतको गुजरातबिच आइतबार भइरहेको खेलमा नेपालको दोस्रो विकेट गुमाएको छ। नेपालका ब्याट्सम्यान कुशल भुर्तेल १५ बलमा १७ रन बनाएर र आशिफ सेख १५ बलमा १६ रन बनाएर आउट भएका छन्।

एसएमएस फ्रेन्डसिप कपको आइतबार भइरहेको खेलको दोस्रो इनिङमा नेपालले ब्याटिङ गरिरहेको छ। नेपालले ६ ओभरमा ३४ रन बनाएको छ।

पहिलो इनिङमा गुजरातले खेल जित्नका लागि नेपाललाई ९९ रनको लक्ष्य दिएको छ। आइतबार भारतको वापीमा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै गुजरातलाई ब्याटिङमा बोलाएका थिए। 

गुजरातले १८.२ ओभरको खेलमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो। गुजरातका लागि रुद्ध पटेलले सर्वाधिक २२ बलमा २३ रन बनाए। हेमंग पटेलले २३ रनमा २० रनको योगदान दिए। बाँकी बलरले उत्कृष्ट ब्याटिङ गर्न सकेनन्।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ४ विकेट लिए। करन केसीले ३ विकेट र सोमपाल कामीले एक विकेट लिएका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’