आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले गुमायो तेस्रो विकेट

Posted on: 01 Apr, 2024

चैत १९, काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेलमा सोमबार नेपाल ‘ए’ ले आफ्नो तेस्रो विकेट पनि गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा विनोद भण्डारी लाई गुमाएको हो । विनोद भण्डारी फिन ह्यान्डको बलमा ११ रनमा बोल्ड आउट भएका हुन् ।


पाँचौ ओभरमा बिनोद आउट हुँदा नेपालले केवल ३५ रन बनाएको छ । यसअघि लोकेश आठ रनको ब्यक्तिगत स्कोरमा लियाम म्याकार्थीको बलमा आयरल्यान्डका कप्तान निल रकद्वारा समातिएका थिए । नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!