चैत २२, विराटनगर | मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलमा
एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ विराट गोल्डकपको फाइनलमा पुगेको हो ।
प्रतियोगितको पहिलो सेमिफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा साङ्ग्रिला फुटबल क्लबले जित हासिल गरेको हो । टाइब्रेकरमा पनि दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि सडनडेथबाट निर्णय भएको हो ।
अब प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज मच्छिद्र क्लब र सिक्किमको ड्रागन फुटबल क्लबबीच खेल हुदै छ ।
गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । उपाधिका लागि पर्सी शनिबार प्रतिस्पर्धा हुनेछ ।