आईपीएलमा आज पञ्जाब र गुजरात भिड्दै

Posted on: 04 Apr, 2024

चैत २२, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज गुजरात टाइटन्स र पञ्जाब किङ्ग्सबीच खेल हुँदैछ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ।


शुभमन गिलको कप्तानीमा रहेको गुजरातले हालसम्म ३ खेलमा २ मा जित हात पारेको छ र अङ्क तालिकाको पाँचौ स्थानमा रहेको छ। शिखर धवनको कप्तानीमा रहेको पञ्जाबले समान ३ खेल खेलेकामा १ मा मात्रै जित हात पारेको छ र अङ्क तालिकाको सातौँ स्थानमा रहेको छ।

आजको खेलमा जित निकाल्दै दुबै टोली अङ्क तालिकामा आफूलाई सुधार्न चाहन्छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!