आज 'नेपाल ए'ले र आयरल्याण्ड वोल्भ्सलाई जित्नै पर्ने दवाव, को-को छन् टिममा ?

Posted on: 05 Apr, 2024

चैत २३, काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुने छ ।

नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा 'आएरल्याण्ड'ले विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो ।


यो जितपछि आयरल्याण्ड वोल्भ्स सिरिजमा १-० ले अगाडी रहेको छ । त्यस्तै अब सिरिजको अन्तिम खेल आइतबार हुने तालिका रहेको छ । 

एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिम:

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!