चैत २३, काठमाडौँ | कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको नेपालको ‘ए’ टोलीले आयरल्यान्ड वोल्भ्सको सातौँ विकेट लिएको छ ।
आयरल्यान्डको सातौँ विकेट कमलसिंह ऐरीले लिएका हुन् । उनले आयरल्यान्डका कप्तान निल रकलाई बसिर अहमदद्वारा क्याच गराए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान निल रकले आयरल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरे । उनले टोली अप्ठ्यारो स्थितिमा रहँदा ४५ रन बनाए ।
हाल ३० औं ओभरमा आयरल्यान्डले ७ विकेट गुमाएर १४० रन बनाएको छ ।