चैत २३, काठमाडौँ | त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो एकदिवसीय श्रृंखला अन्तरगत आयरल्यान्ड वोल्भ्सले नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यण्डले ३८ दशमलव ४ ओभरमा अलआउट हुँदै १७४ रन बनायो ।
नेपालका लागि शाहब आलम र रिजन ढकालले तीन तीन विकेट लिए । यस्तै मौसम ढकालले २ । कमलसिंह ऐरीले १ विकेट लिए ।
आयरल्यण्डका लागि गेभिन होइले ५० रन बनाए । यस्तै नेल रकले ४५ रन बनाए ।
यसअघि बुधवार सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको थियो।