३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बरोडाविरुद्ध नेपाल ३७ रनले पराजित

२३ चैत्र २०८०, शुक्रबार १०:५१

चैत २३, काठमाडौँ | भारतको वापीमा जारी ‘एसएमएस फ्रेन्ड्शिप कप’ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोली बरोडासँग पराजित भएको छ। 

टस जितेर ब्याटिङ रोजेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५६ रन बनायो। ब्याटिङमा निराशाजनक प्रदर्शन गर्दै नेपाली टोलीले ३७ रनको हार ब्यहोरेको हो।


सुरुमा नेपाली बलर हाबी रहेपनि अन्तिममा कमजोर प्रदर्शन गरेपछि २० ओभरमा बरोडाले ८ विकेट गुमाउँदै १५६ रन जोडेको थियो।

बरोडाले उक्त रन जोड्नेक्रममा ब्याटरहरू शाश्वत रावतले ३१ र ध्रुब पटेलले २९ रनको योगदान दिएका थिए। नेपाली बलरहरू गुल्शन झा र करन केसीले २/२ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका तर्फबाट प्रारम्भिक चार ब्याटर २७ रनमै आउट भएका थिए। त्यसपछि सन्दीप जोरा र विवेक यादवबीच केहीबेर साझेदारी भयो। जोराले ५८ रन जोडेका थिए।  

खेलको अन्तिममा  धमाधम विकेट गुम्दै गएपछि १८ ओभर ५ बलमा ११९ रनमा अलआउट हुनपुग्यो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सैफ अली खानमाथि चक्कु प्रहार नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश