नेपाल ‘ए’ लाई छैठौं सफलता, रञ्जितले लिए दोस्रो विकेट

Posted on: 07 Apr, 2024

चैत २५, काठमाडौँ | एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले छैठौं विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का लागि रञ्जित कुमारले छैठौं लिएका हुन्।


उनले आयरल्याण्ड ‘ए’ का ग्याभिन होनीलाई  १४ रनमा बोल्ड गरे। यसअघि रिजन ढकालले २, रंजीत कुमार, साहब आलम र विकास आग्रीले नेपालका लागि १–१ विकेट लिए। टस जितेर आयरल्याण्ड ‘ए’ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। 

यो समचार तयार गरुन्जेल सम्म आयरल्याण्ड ‘ए’ ले ३४ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १८३ रन बनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!