३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले जित्यो फ्रेण्डसीप कप टी–२० उपाधि, गुजरात १८ रनले पराजित

२५ चैत्र २०८०, आईतवार ११:१८

चैत २५, काठमाडौँ । नेपालले भारतमा फ्रेण्डसीप कप टी–२० क्रिकेटको उपाधि जितेको छ।

आइतबार भएको फाइनलमा नेपालले गुजरातलाई १८ रनले पराजित गरेको हो।

१७७ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको गुजरात निर्धारित ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो ।


नेपालका लागि अभिनाष बोहराले ३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १७६ रन बनायो।

नेपालका लागि रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेले। कप्तान रोहित कुमार पौडेलले ७४ रन बनाए। उनले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

रोहितले ३३ बलमा ५० रन पूरा गरे। सो क्रममा उनले ३ छक्का र २ चौका प्रहार गरे।

आसिफ शेखले ३४, कुशल भूर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए।

कुशल मल्लले ३१ रनमा र सन्दीप जोरा ७ रनमा अविजित रहे।

गुजरातका लागि शेन पटेल र तेजस पटेलले १–१ विकेट लिए।

बरोडा भने लिग चरणमै रोकिएको थियो । क्याप्टेन रोहित पौडेलसहितका सिनियर खेलाडीलाई आराम दिइएको बरोडासँगको लिग चरणको अन्तिम खेलमा भने नेपाल पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’