३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकप खेल्ने नयाँ जर्सी : घोप्टो झण्डालाई लिएर बहस,पारस भन्छन्- पहिले पनि यस्तै थियो

२७ चैत्र २०८०, मंगलवार ०८:३०

चैत २७, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी टी-२० विश्वकपका लागि नयाँ जर्सी पनि सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको सोही जर्सी लगाएर नेपालले टी-२० विश्वकप खेल्नेछ । 

 खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको हातबाट जर्सी सार्वजनिक गरिएपछि तीव्र प्रतिक्रिया सुरु भएको छ ।

राष्ट्रिय टोलीका खेलाडीहरू विदेश भ्रमणमा रहेको अवसरमा क्यानले नयाँ जर्सी सार्वजनिक गर्‍यो । त्यसैले जर्सी सार्वजनिक कार्यक्रममा न राष्ट्रिय टोलीका कप्तान थिए न त अन्य खेलाडी नै । यसले जर्सी सार्वजनिक कार्यक्रमलाई केही खल्लो बनाउनु स्वाभाविक थियो ।  


अर्कोतिर, क्यानले सार्वजनिक गरेको नयाँ जर्सीको विषयमा पनि समर्थकहरूले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेका छन् । अधिकांश समर्थकले नयाँ जर्सीको विषयमा नकारात्मक टिप्पणी नै गरेका छन् । उनीहरूले नयाँ जर्सीभन्दा नेपालीले प्रयोग गर्ने पुरानो जर्सी नै राम्रो भएको टिप्पणी गरेका छन् ।

खास गरी नयाँ जर्सीमा प्रयोग गरिएको राष्ट्रिय झन्डाको विषयलाई लिएर सबैभन्दा बढी नकारात्मक टिप्पणी आएको छ । खेलाडीको काँधमा पर्ने गरी जर्सीको दुबैतर्फ राखिएको राष्ट्रिय झण्डा झुकेको जस्तो देखिन्छ । सोही विषयलाई लिएर सामाजिक सञ्जालमा नयाँ जर्सीको बढी विरोध भइरहेको छ । केहि समर्थकहरूले चाहिँ यसमा केही खराबी नभएको बताइरहेका छन् ।


नेपाल क्रिकेट संघ-क्यानका सचिव तथा पूर्व राष्ट्रिय कप्तान पारस खड्का झण्डालाई लिएर गलत व्याख्या भइरहेको बताउँछन् । उनले भने, ‘यसअघिको जर्सीमा पनि झण्डा यसरी नै प्रयोग हुँदै आएको थियो । नेपाली खेलाडीले काँधमा देशलाई बोकेर खेलिरहेका छन् वा हुन्छन् भन्ने अर्थमा यसलाई बुझ्नुपर्छ ।’

उनले हरेक कुरामा नकारात्मक सोच राखेर टीकाटिप्पणी नगर्न पनि आग्रह गरेका छन् । विश्वकप तयारीका लागि वेस्ट इन्डिज एसँग नेपालले ५ खेलको टी–२० शृङ्खला घरेलु मैदानमा खेल्दै छ । त्यसअघि एसीसी प्रिमियर लिग खेल्न खेलाडीहरू आज ओमान जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’