२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइपिएलमा आज लखनउ र दिल्लीको भिडन्त

२०८०, ३० चैत्र शुक्रबार ०३:२९

चैत ३०, काठमाडौं | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज लखनउ सुपर जाइन्ट र दिल्ली क्यापिटल्सबीच खेल हुदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा अहिलेसम्म लखनउले ४ खेलमा ३ जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यसैगरी दिल्लीले भने अहिलेसम्म खेलेका ५ खेलमा एक जित मात्र हासिल गरेको छ भने ४ खेलमा हार बेहोरीसकेको छ ।   

यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो । लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।

त्यस्तै यसै सिजनमा डेभ्यु गरेका लखनउका तिब्र गतिका बलर मयंक यादव भने यो खेलमा उपलब्ध हुने छैनन् । उनी इन्जुरीका कारण पछिल्लो खेलमा एक ओभर बलिङ गरेर मैदान छोडेका थिए । उनी केहि दिनपछि मात्र मैदानमा फर्किने बताइएको छ । उनले डेभ्यु खेलमा १५५.८ किमी प्रति घण्टाको गतिमा बलिङ गरेर सबैको ध्यानकेन्द्रित गरेका थिए । उनले यस आइपिएलमा अहिलेसम्म १५६.८ किमी प्रति घण्टाको गतिमा बल फालेर नयाँ रेकर्ड बनाइसकेका छन् ।   

त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

त्यस्तै दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गर्दै छन् । आइपिएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।

त्यस्तै डेविड वार्नर, मिचेल मार्श जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी