३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एपिएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण पुरा

३० चैत्र २०८०, शुक्रबार १०:१७

चैत ३०, बारा | -सुरुचि भण्डारी | तीव्र हावाका कारण विहिबार स्थगित भएको जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा एपिएफ फुटबल क्लब विजयी भएको छ । 

शुक्रबार विहान सिमरा रंगशालामा एपिएफ र फ्रेण्डस क्लब बिच निर्धारित समयको बाँकी ३२ मिनटको खेल भएको थियो । खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले विहिबार साँझ ५८ मिनटपछिको खेल स्थगित गरि शुक्रबार विहान बाँकी खेल गर्ने निर्णय लिएका थिए । 


५८ औं मिनटबाट पुनः सुचारु भएको खेलको ७३ औं मिनटमा एपिएफका बुद्धिमान राईले गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भए । अनिश महर्जको कटब्याकमा बुद्धिमान राईले पेनाल्टी बक्स बाहिरबाटै सशक्त प्रहार गरेका थिए । बुद्धिमानको प्रहार गोलमा परिणत हुँदा फ्रेण्ड्सका गोलरक्षक अभिषेक बरालले रोक्ने कुनै प्रयास गर्न पाएनन् ।

१–० ले पछि परेको फ्रेण्ड्स सम्हालिन नपाउँदै अनन्त तामाङको आत्मघाती गोलमा एपिएफले अग्रता दोब्बर बनायो । एपिएफका अनिश महर्जनको प्रहार क्लिएर गर्न खोज्दा अनन्तको खुट्टामा लागेर बल गोलमा परिणत भएको थियो । 

एपिएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण समेत पुरा भएको छ । फाइनल प्रवेशका लागि एपिएफले अर्को विभागीय टोली नेपाल पुलीस क्लबसंग शनिबार हुने सेमीफाइनल खेल्नेछ । शुक्रबार साँझ मच्छिन्द्र क्लब र सिराहाको सलहेश युवा क्लबका बिचमा पहिलो सेमीफाइनल खेल हुँदैछ । 

खेलको म्यान अफ दि म्याच एपिएफका बुद्धिमान राई घोषित भए । उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफि प्राप्त गरे । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार