३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सिटीलाई हराउदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

६ बैशाख २०८१, बिहीबार ०२:५९

बैशाख ६, काठमाडौँ | रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न क्वाटरफाइनलमा म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै यस सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।

क्वाटरफाइनलको दोस्रो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी खेलेपछि समग्र नतिजा ४-४ गोलको बराबरी भएको थियो । निर्धारित ९० मिनेट र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय गरिएको थियो । यस खेलमा रियल म्याड्रिडका लागि रोड्रीगोले र म्यानचेस्टर सिटीका लागि केभिन डि ब्रुनेले गोल गरेका थिए ।

सिटीको पेनाल्टी सुटआउटमा बेर्नार्डो सिल्भा र माटेओ कोभाकिकले पेनाल्टी मिस गरेका थिए ।

अब रियल म्याड्रिडले सेमिफाइनलमा भने बायर्न म्युनिखको सामना गर्ने छ । बायर्न म्युनिखले आर्सनललाई क्वाटरफाइनलको दोस्रो लिगमा १-० ले पराजित गर्दै समग्रमा ३-२ को नतिजासहित सेमिफाइनलमा पुगेको छ । यस अघि पहिलो लिगमा दुवै टिम २-२ को बराबरी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार