बैशाख ७, काठमाडौँ | नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ११९ रन बनाएको हो ।
नेपालका लागि सन्दीप जोराले सर्बाधिक ५० रन बनाए भने गुलशन झाले २० तथा करण केसीले १७ रन बनाए । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो बलमा नै कुशल भुर्तेलको विकेट गुमाएर दबाबमा आएका नेपाली ब्याट्सम्यान अन्त्य सम्मनै दबाबमा देखिएका थिए ।
त्यसैगरी युएईका बलर जुनैद सिद्धिकी, अली नासेर र बासील हमीदले २-२ विकेट लिए भने ओमिद शफी रहमान, आयान खान र मुहमद फारुकले एक एक विकेट लिएका थिए ।