बैशाख ८, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि हङकङविरुद्ध भइरहेको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । सोमपाल कामी १२ रन बनाएर आयुश शुक्लाको बलमा आउट भएका हुन् । यसअघि पहिलो विकेटको रुपमा कुशल भुर्तेल शून्य रन बनाएर आउट भएका हुन् । भुर्तेल लगातार दोस्रो खेलमा भुर्तेल डकमा आउट भए ।
खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालले २.३ ओभरमा १६ रन बनाएको छ ।