३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विराट कोहलीलाई म्याच फीको ५० प्रतिशत जरिवाना

१० बैशाख २०८१, सोमबार १२:३९

बैशाख १०, काठमाडौँ | आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का सुपरस्टार खेलाडी विराट कोहलीलाई ठुलो जरीवाना लागेको छ । 

आइतबार कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा अम्पायरसँग विवाद गरेका कोहलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले म्याच फीको ५० प्रतिशत जरिवाना गरेको छ । 

आइतबार इडेन गार्डेनमा भएको खेलमा कोलकोताले कोहलीको टिम बैंगलुरुलाई एक रनले पराजित गरेको थियो । 

कोलकोता र बैंगलुरुबीचको खेलमा कोहलीलाई आउट भएको विषय विवादित बनेको थियो र कोहलीले तेस्रो अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउदै मैदानमा अम्पाएरसँग विवाद गरेका थिए । खेलको तेस्रो ओभरमा हर्षित रानाको बलमा कोहलीले आफ्नो विकेट गुमाए । कोहलीले रिभ्यु लिए तर अम्पायरले उनलाई आउटनै  घोषित गरे ।

तेस्रो ओभर बलिङ गर्न आएका हर्षितले पहिलो बलमै अफ स्टम्पको कम्मरमा फुल टस बलिङ गरेर कोहलीलाई सरप्राइज गरेका थिए । कोहली बललाई अन साइडमा घुमाउन चाहन्थे, तर उनले पहिले ब्याटघुमाए र बल भित्री किनारा लागेर सिधै हर्षितको हातमा पुग्यो र कट एण्ड बोल्ड आउट भए । कोहलीले तत्कालै रिभ्यु लिए । कोहलीले बल कम्मरभन्दा माथि आएको र त्यो नो बल भएको भन्दै रिभ्यु लिएका थिए । यद्यपि टिभी अम्पायरले हक आई सिस्टम प्रयोग गरे र कोहली क्रिजभन्दा बाहिर गएका कारण नियम अनुसार कोहली आउट रहेको निर्णय सुनाए तर तेस्रो अम्पायरको निर्णयबाट कोहली आक्रोशित हुन पुगेका थिए ।

बोर्डले कोहलीले आईपीएलको आचार संहिताको धारा २.८ को लेभल-१ अपराध गरेको र आफूमाथि लागेको आरोप र म्याच रेफ्रीले लगाएको जरिवाना स्वीकार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ