३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल टूरमा आउने वेस्ट इन्डिज ए टिमको घोषणा, को को परे ?

११ बैशाख २०८१, मंगलवार ०३:०९

बैशाख ११, काठमाडौँ | वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ । वेस्ट इन्डिज क्रिकेटको छनोट समितिले अप्रिल यहि २५ देखि मे १५ सम्म नेपाल भ्रमण गर्ने वेस्ट इन्डिज पुरुष ए टिमका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

वेस्ट इन्डिजले कप्तानको रूपमा अनुभवी रोस्टन चेसको नेतृत्वमा र उप-कप्तानको रूपमा एलिक एथानाजलाई चयन गरेको छ ।

वेस्ट इन्डिज ए टिमले नेपालमा पाँच टी- २० सिरिज खेल्ने कार्यक्रम रहेको छ । विश्वकप छनौट अघि हुन लागेको यस सिरिजलाई महत्वपूर्ण तयारी सिरिजको रुपमा हेरिएको छ ।

यो कुनै पनि वेस्ट इन्डिज क्रिकेट टिमले नेपाल आउन लागेको पहिलो पटक भएकाले यसलाई ऐतिहासिक अवसरको रुपमा समेत हेरिएको छ ।

वेस्ट इन्डिज ए टिम-  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श ।

प्रशिक्षण टिम: मुख्य प्रशिक्षक- फ्लोयड रेफर, सहायक कोच- रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट- नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच- शेन कूपर, प्रबन्धक र विश्लेषक: अवनेश सीताराम ।

सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ ।

टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ