२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइपिएलमा आज सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै

२०८१, १३ बैशाख बिहीबार ०३:१२

बैशाख १३, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुने छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा अहिलेसम्म खेलेका खेलमा सनराइजर्स हैदरावादले ७ खेलमा ५ जित र २ हारसहित १० अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले भने यस सिजनमा पनि खराब प्रदर्शन गर्दै ८ खेलमा ७ खेलमा हार बेहोरेको छ ।

त्यस्तै सनराइजर्स हैदरावाद अस्ट्रेलियाका कप्तान पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स उमरान मलिक, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार र अभिषेक शर्मा जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, वानिन्दु हसरंगा, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता खेलाडी महत्वपूर्ण हुने देखिन्छन् । 

त्यस्तै फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् ।  त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी