वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

Posted on: 27 Apr, 2024

बैशाख १५, काठमाडौँ | टी-२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलर कमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक-एक विकेट लिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!