२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइपिएलमा लखनऊमाथि राजस्थान रोयल्सको शानदार जित

२०८१, १६ बैशाख आईतवार ००:५२

बैशाख १६, काठमाडौँ | इंडियन प्रिमियर लिग आईपीएल अन्तर्गत राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्सलाई ७ विकेटले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर जित हासिल गर्यो । राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ३३ बलमा ७ चौका र ४ छक्का सहित ७१ रन बनाउँदै अविजित रहे।

यस्तै ध्रुव जुरेल ३४ बलमा ५२ रन बनाएर नटआउट रहे। जोस बटलरले ३४ तथा यशस्वी जैसवालले २४ रन जोडे।

लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले १-१ विकेट लिए।

त्यसअघि लखनऊमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

लखनऊका लागि कप्तान केएल राहुलले ४८ बलमा सर्वाधिक ७६ रन जोडे। यस्तै दीपक हुडाले ३१ बलमा ५० रन जोडे। आयुष बडोनीले १८ रनमा अविजित रहे ।

राजस्थानका सन्दिप शर्माले २ तथा ट्रेन्ट बोल्ट, आवेश खान र रविचन्द्रण आश्विनले १-१ विकेट लिए ।

जित पछि राजस्थान ९ खेलमा १६ अंक सहित शीर्ष स्थानमा यथावत छ । लखनऊ भने ९ खेलमा १० अंक सहित चौथो छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी