बैशाख १६, काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले पाँचौं विकेट गुमाएपछि दबाबमा देखिएको छ ।
नेपाली ब्याट्सम्यान गुलशन झा २६ रन बनाएर आउट भएका छन् । यस अघि लिकेश बमले १७, कुशल भुर्तेलले २, अनिल शाहले १ र कुशल मल्ल शुन्यमा आउट भएका थिए ।
यो समाचार तयार गरुन्जेल नेपालले ९ ओभरमा ५ विकेट गुमाएर ६७ रन बनाएको छ ।