२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएल: हैदराबाद चेन्नाइसँग पराजित, १३४ रनमै अलआउट

२०८१, १७ बैशाख सोमबार ०२:३२

वैशाख १७, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबाद चेन्नाइ सुपरकिङ्गससँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा चेन्नाइले हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।


२१३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमै १३४ रन बनाएर अलआउट भयो । हैदराबादका लागि एडन मार्क्रमको ३२ बनाए । यो नै हैदराबादका ब्याटरको सर्वाधिक रन हो । हेनरिक क्लासेन २०, अब्दुल समाद १९, ट्राभिस हेड र नितिश रेड्डीले १५/१५ रन जोडे ।

चेन्नायका तुषार देशपाण्डेले चार विकेट लिए भने मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले दुई/दुई तथा रवीन्द्र जडेजा र शार्दुल ठाकुरले एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले मात्र ३ विकेटको गुमाएर २१२ रन बनाएको थियो । चेन्नाइका कप्तान रुतुराज गाइकवाडले ९८ रन बनाए । ड्यारिल मिचेलले ५२ र शिवम दुबेले ३९ रनको योगदान गरे ।


हैदराबादका भुवनेश्वर कुमार, नटराजन र जयदेव उनादकटले एक/एक विकेट लिए ।

यो जितसँगै चेन्नाइ १० अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हैदराबाद १० अंक भए पनि रनरेटका आधारमा चौथो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो