३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएल: हैदराबाद चेन्नाइसँग पराजित, १३४ रनमै अलआउट

१७ बैशाख २०८१, सोमबार ०२:३२

वैशाख १७, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबाद चेन्नाइ सुपरकिङ्गससँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा चेन्नाइले हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।


२१३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमै १३४ रन बनाएर अलआउट भयो । हैदराबादका लागि एडन मार्क्रमको ३२ बनाए । यो नै हैदराबादका ब्याटरको सर्वाधिक रन हो । हेनरिक क्लासेन २०, अब्दुल समाद १९, ट्राभिस हेड र नितिश रेड्डीले १५/१५ रन जोडे ।

चेन्नायका तुषार देशपाण्डेले चार विकेट लिए भने मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले दुई/दुई तथा रवीन्द्र जडेजा र शार्दुल ठाकुरले एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले मात्र ३ विकेटको गुमाएर २१२ रन बनाएको थियो । चेन्नाइका कप्तान रुतुराज गाइकवाडले ९८ रन बनाए । ड्यारिल मिचेलले ५२ र शिवम दुबेले ३९ रनको योगदान गरे ।


हैदराबादका भुवनेश्वर कुमार, नटराजन र जयदेव उनादकटले एक/एक विकेट लिए ।

यो जितसँगै चेन्नाइ १० अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हैदराबाद १० अंक भए पनि रनरेटका आधारमा चौथो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ