३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अफगानिस्तानको टी-२० विश्वकप खेल्ने टिममा को को परे ?

१९ बैशाख २०८१, बुधबार ०५:५६

वैशाख १९, काठमाडौं । अफगानिस्तानले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि अफगानिस्तानले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

विश्वकप खेल्ने अफगानिस्तानको टिममा राशिद खान (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकीपर), इब्राहिम जद्रान, अजमातुल्लाह ओमरजाई, नजिबुल्लाह जद्रान, मोहम्मद इशाक, मोहम्मद नाबी, गुलबादिन नाइब, करिम जनात, नांग्याल खरोती, मुजीब उर रहमान, नूर अहमद, नवीन उल हक, फजलहक फारुकी र फरीद अहमद मलिक रहेका छन् ।


त्यसैगरी टिमसँगै जाने रिजर्भ खेलाडीमा सेदिक अटल, हजरतुल्लाह जाजई र सलीम साफी रहेका छन् ।

टी-२० विश्वकपमा अफगानिस्तान समुह सी मा रहेको छ । यस समुहमा अफगानिस्तानसँगै न्यूजील्याण्ड, वेस्ट इन्डिज, पिएनजी र युगाण्डा रहेका छन् । विश्वकपमा अफगानिस्तानको पहिलो खेल जुन ३ मा युगाण्डासँग रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ