२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अदालतले चाँडै मुद्दाको फैसला गरी सफाइ दिए सन्दीपले टी २० विश्वकप खेल्ने

२०८१, २० बैशाख बिहीबार ०९:२८

वैशाख २०, काठमाडौँ । क्यानले हिजो  टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको छ। उक्त टोलीमा नेपाली क्रिकेटलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका स्टार स्पिनर सन्दीप लामिछाने भने छुटेका छन्।

तर, क्यान स्रोतका अनुसार सन्दीपले टी २० विश्वकप खेल्ने सम्भावना पूर्णरुपमा समाप्त भइसकेको भने छैन । यदि उच्च अदालतले चाँडै मुद्दाको फैसला गरेर सन्दीपलाई सफाइ दिएमा उनले अझै पनि अमेरिकाको टिकट काट्न सक्नेछन् ।

टी २० विश्वकपका लागि मुख्य स्क्वाड घोषणा गर्ने डेडलाइन हिजोसम्म थियो । त्यसअनुसार नेपालले पनि आफ्नो स्क्वाड घोषणा गरेको हो । तर, यो स्क्वाडमा हेरफेर गर्न सक्ने अवसर अझै छ । कुनै उचित कारण देखाएर मुख्य स्क्वाडमा रहेका खेलाडीलाई रिजर्भ खेलाडीले  २५ तारिखसम्ममा प्रतिस्थापन गर्न सकिने आइसीसीको प्रावधान छ ।

 यो अनुसार यदि मुख्य स्क्वाडमा रहेको कुनै खेलाडी कुनै कारणले खेल्न नसक्ने भएमा आइसीसीसँग अनुमति लिएर २५ तारिखसम्ममा रिजर्भ खेलाडीबाट प्रतिस्थापन गर्नुपर्छ । सन्दीपको झिनो आशा भनेको यही नै हो । तर, त्यसका लागि अदालतले सक्रिय देखाउनै पर्छ ।


उच्च अदालतमा विचाराधीन मुद्दामा सन्दीपको अर्को सुनवाइ वैशाख २३ गते आइतबारलाई तोकिएको छ । यदि आइतबार सुनवाइ सुरु भयो भने एक/दुई दिनमा नै फैसला आउन सक्छ । यदि उच्चले जिल्ला अदालतको फैसला उल्टाएर सन्दीपलाई सफाइ दिएको खण्डमा उनले विश्वकप खेल्ने ढोका खुल्न सक्ने क्यान स्रोतको भनाई छ ।

सन्दीप बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका थिए । अदालतले गौशाला २६ लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै उनलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । तर, उक्त फैसलाविरुद्ध उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ । यो साता सुनुवाईको पेशी तोकिए पनि लगातार हेर्न नभ्याइनेमा परेको उक्त मुद्धा अर्को साता प्राथमकतामा राख्ने अदालतले जनाएको छ ।

सँगैका सहकर्मी टी २० विश्वकप खेल्ने टोलीमा पर्दा आफू नसमेटिनुमा सन्दीपको अधैर्यता र छटपटी प्रष्ट देखिएको छ । सोही अधैर्यता उनले हिजो आफ्नो फेसबुक स्टाटसमा पोखे । जिल्ला अदालतले दोषी ठहर गरेयता पहिलो पटक उनले सार्वजनिक टिप्पणी गरेका हुन् ।  

 उनको अनुपस्थितिमा विश्वकपको टोलीमा युवा स्पिनर ढकाललाई मौका दिइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ