२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

वेस्ट इन्डिज ए विरुद्ध नेपालकोशानदार प्रदर्शन, सान्त्वना जित

२०८१, २२ बैशाख शनिबार ०९:५२

बैशाख २२, काठमाडौँ | टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले परजित गरेको हो । वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ्स खेले । आसिफले ३५ बलमा २ चौका र ५ छक्का हिर्काउँदै ५१ रन बनाए । अनिलले ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५८ रन बनाए ।  त्यस्तै कुशल भुर्तेलले १३, कुशल मल्लले अविजित ३७ र दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।

त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले ३ र म्याथुज फोर्डले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा १ चौका र ३ छक्का हिर्काए । 

कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए । त्यस्तै, ओपनर जोनसन चाल्र्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले शानदार बलिङ गरे । सोमपालले ३ विकेट लिए भने सागरले पनि ३ विकेट लिएका हुन्। अविनाश बोहराले १ विकेट लिए ।

जितका बावुजद वेस्ट इन्डिजले ३–२ ले शृङ्खला आफ्नो पक्षमा पारेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । त्यसपछि भने नेपालले लगातार तीन खेल गुमाउन पुग्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी