३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

२७ बैशाख २०८१, बिहीबार ०६:३२

बैशाख २७ , काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

नेपालका पुर्व कप्तान समेत रहेका खड्काले सामाजिक संजालमा आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले भैरहेको व्यक्तिगत आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।  


उनले नेपालको कानुनले कसैलाईपनि विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन भन्दै नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको स्पष्ट गरेका छन् । 

उनले अगाडी भनेका छन्- 'नेपाली क्रिकेटसंग सम्बन्धित विभिन्न पक्षहरू र विशेषत: सन्दिप लामिछानेसंग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जानेनै छ। यो सबैका विच समेत तर्कहिन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले ममाथि भैरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु ।' 

खड्काले नेपाली क्रिकेटप्रतिको आफ्नो निस्वार्थ: भावना र यसको विकास, विस्तारप्रतिको आफ्नो अठोटमा कदापि पनि परिवर्तन नआउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ