२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दुई खेल अगावै आइपिएलको प्लेअफ दौडबाट बाहिरियो ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स

२०८१, २७ बैशाख बिहीबार ०७:४७

बैशाख २७, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनमा मुम्बई इण्डियन्स प्लेअफमा नपुग्दै बाहिरिने पहिलो टिम बनेको छ ।

यस सिजनमा १२ खेलमा ८ खेल हारेको मुम्बईले ४ खेल मात्र जितेको छ ।

अंक तालिकामा नवौं स्थानमा रहेको मुम्बईले अब २ खेल मात्र खेल्न बाँकि रहेको बेला प्लेअफको दौडबाट बाहिरिएको हो ।

अंक तालिकामा हाल कोलकाता र राजस्थानको १६–१६ अंक छ र क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यस्तै सनराइजर्स हैदरावादको १२ खेलमा १४ अंक छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टको १२-१२ अंक रहेको छ र क्रमश: चौथो, पाँचौं र छैटौं स्थानमा रहेका छन् । चेन्नईले ११ खेल खेलेको छ भने दिल्ली–लखनउले १२–१२ खेल खेलेका छन् ।


मुम्बईको नेट रन रेट पनि निकै कम छ । बाँकी दुई खेल जितेपनि मुम्बईका लागि प्लेअफमा पुग्न १२ अंक पर्याप्त हुनेछैन । मुम्बईले पछिल्लो पटक सन् २०२० मा पाँचौं आईपीएल ट्रफी जितेको थियो । 

त्यसबेलादेखि, मुम्बई पछिल्लो चार सिजनमा २०२३ मा मात्र प्लेअफमा स्थान बनाएको थियो । यस सिजनमा मुम्बईले हार्दिक पाण्डेयलाई कप्तान बनाएपछि टिम एकजुट नरहेको र उनलाई बाँकी खेलाडीको सहयोग नरहेको विभिन्न रिपोर्टमा बताइएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी