२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अल हिलालले जित्यो साउदी लिगको उपाधि

२०८१, ३० बैशाख आईतवार ०२:४६

बैशाख ३०, काठमाडौँ । अल हिलालले साउदी प्रो लिगको उपाधि जितेको छ । शनिबार राति सम्पन्न खेलमा अल हिलालले अल हाजमलाई ४-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको लिगको उपाधि जितेको हो ।

अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिकले एक गोल गरेका थिए । त्यसैगरी  अहमद अल जुवैदले एक गोल आत्मघाती गोल गरेका थिए । त्यसैगरी अल हाजमका लागि फैज सेलेमानीले एक गोल गरेका थिए ।

यो जितपछि अल हिला यस सिजनमा अपराजित रहदै ३१ खेलमा ८९ अंक हासिल गरेको छ । अल हिलालले आफ्नो ३१ खेलमा २९ जित र २ बराबरी खेलेको छ । अल हिलालले यस सिजनको लिग ३ खेल अघि नै जितेको छ ।

दोस्रो स्थानमा रहेको अल नासर ३१ खेलमा १२ अंकले पछि रहेको छ ।

यो अल हिलालको १९औं लिग उपाधि हो । अल हिलाल साउदी लिग सबैभन्दा बढी पटक जित्ने क्लब समेत हो । अल हिलालपछि अल इतिहाद र अल नासरले ९-९ पटक लिगको उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट