जेठ १, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेल वर्षाका कारण रद्द भएको छ ।
घरेलु मैदान अहमदाबादमा सोमबार राति कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रद्द भएसँगै गुजरातको प्लेअफ सम्भावनाको यात्रा पनि रोकिएको हो ।
टस नै हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडे । यो नतिजापछि १३ खेलबाट जम्मा ११ अंक जोडेको गुजरात ८औं स्थानमा छ । र, एक खेलमात्रै खेल्न बाँकी छ ।
यसअघि गुजरात लगातार दुई संस्करणमा फाइनलमा पुगेको थियो । एकपटक उपाधि जितेको थियो ।
यसअघि नै प्लेअफमा पुगेको कोलकताको भने शीर्ष दुईको स्थान पक्का भएको छ । कोलकाताले एक खेल खेल्न बाँकी हुँदा १९ अंक जोडेर शीर्ष स्थानमा छ ।