३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रिमियर लिगमा भिल्ला र लिभरपुलको ३-३ गोलको रोमाञ्चक बराबरी

१ जेष्ठ २०८१, मंगलवार ०२:०४

जेठ १, काठमाडौँ | इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले बराबरी गोलमा रोकियाका  छन् । सोमबार राति भएको खेलमा दुवै टिमले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

एस्टनको मैदानमा लिभरपुलले आत्माघाती गोलमार्फत अग्रता लिएको थियो । एस्टनका डामिना मार्टिनेजले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलले सुरुमै अग्रता लिए।


त्यस पछि भिल्लाका लागि १२ औं मिनेटमा योरी टेलिमान्सले गोल गर्दै बराबरीमा ल्याए । २३ औं मिनेटमा कोडी म्याथेसले गोल गरेपछि लिभरपुल २–१ ले अघि बढ्यो । 

पहिलो हाफमा २–१ ले अघि रहेको लिभरपुलका लागि दोस्रो हाफको ४८औं मिनेट जेरेल अमोरिन क्वान्साहले गोल गर्दै ३-१  को अग्रता दिलाए । तर, निर्धारित समय सकिन अन्तिम पाँच मिनेट बाँकी रहेका बेला लिभरपुलले लय गुमायो ।


एस्टन भिल्लाका लागि ८५ औं मिनेटमा जोन डुरनले गोल गर्दै  खेलमा फर्काउने संकेत गरे । उनले ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई ३–३ को बराबरीमा ल्याउन सफल भए ।

यो बराबरीसँगै एस्टन भिल्ला ३७ खेलबाट ६८ अंकका साथ तालिकाको चौथो स्थानमा छ । समान खेलबाट ७९ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ