३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्व वरीयताको अलराउन्डरको सूचीमा शीर्ष १० मा दीपेन्द्रसिंह ऐरी

२ जेष्ठ २०८१, बुधबार ०९:५५

जेठ २, काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्।

उनी एक स्थान माथि उक्लदै दशौं स्थानमा आइपुगेका हुन्। अलराउन्डरको वरीयताको शीर्ष स्थानमा बंगलादेशका शकिब अल हशन छन्।

दोस्रो स्थानमा श्रीलंकाका विनन्दु हर्षरंगा, तेस्रो स्थानमा अफगानिस्तानका मोहमद नाबी, चौथो स्थामा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा दक्षिण अफ्रिका एडिन मक्रम, छैटौं स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, सातौं स्थानमा भारतका हार्दिक पाण्ड्या, आठौं र नवौं स्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन र मोइन अली छन्। 


दशौं स्थानमा रहेका नेपालका दीपेन्द्रले पाकिस्तानका शादब खानलाई पछि पारेका हुन्। अलराउन्डरको वरीयतामा नेपालका कुशल मल्ल ३२औं, गुल्सन झा ६०औं, रोहित पौडेल ६५औं  र करण केसी ७४औं स्थानमा छन्। 

दीपेन्द्र ब्याट्सम्यानतर्फको वरीयतामा ५०औं स्थानमा छन्। यो वरीयतामा रोहित पौडेल ६१औं र आसिफ शेख ८६औं स्थानमा छन्। ब्याट्सम्यानको वरीयताको शीर्ष स्थानमा भारतका सूर्यकुमार यादव छन्। 

बलरको वरीयतामा शीर्ष सय भित्र नेपालका सोमपाल कामी (९२औं स्थान) मात्र छन्। बलरको शीर्ष स्थानमा इंग्ल्यान्डका आदिल रसिद छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ