२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनाउने पहल

२०८१, ५ जेष्ठ शनिबार ०३:०४

जेठ ५, काठमाडौँ ।  भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनाउने पहल शुरु भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भारतको नयाँ प्रशिक्षकको आवेदन अहिले खुला गरेको बेला बोर्डले गम्भीरप्रति चासो देखाएको क्रिकइन्फोले उल्लेख गरेको छ । हालका प्रशिक्षक राहुल द्रविडको कार्यकाल आगामी टी-२० विश्वकपपछि समाप्त हुने भएकाले बोर्डले २७ मे सम्मको डेडलाइन दिएर नयाँ प्रशिक्षकक आवेदन खोलेको छ ।

गम्भीर हाल आईपीएलमा कोलकाता नाइट राइडर्सका मेन्टर रहेका छन् । उनको मेन्टरसिपमा कोलकोताले उत्कृष्ट प्रदर्शन गरिरहेको बेला उनलाई राष्टिय टिमको प्रशिक्षक बनाउने पहल शुरु भएको विश्लेषण गरिएको छ ।

अब बोर्डले आइपिएल सकिएपछि गम्भीरसँग छलफल गर्ने रिपोर्टमा उल्लेख गरिएको छ । यद्यपि, भारतको मुख्य प्रशिक्षकको पदका लागि आवेदन दिने अन्तिम म्याद आईपीएल फाइनलको एक दिनपछि मे २७ सम्म रहेको छ ।


यस अघि राहुल द्रविडले अर्को कार्यकाल प्रशिक्षक नबन्ने बोर्डलाई जानकारी गराइसकेका छन् ।

४२ वर्षीय गम्भीरसँग अन्तर्राष्ट्रिय वा घरेलु स्तरको कोचिङको अनुभव नभएको भए पनि उनले आईपीएलका दुई फ्रेन्चाइजीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । उनी आइपिएल २०२२ र २०२३ मा लखनउ सुपर जायन्ट्सका मेन्टर थिए । दुवै सिजनमा लखनउ प्लेअफमा पुगेको थियो ।

गम्भीर भारतको २००७ मा टी-२० विश्वकप विजेता टिम र २०११ मा एकदिवसीय विश्वकप विजेता टिमको महत्वपूर्ण सदस्य थिए । उनले आफ्नो कप्तानमा कोलकोतालाई दुई पटक आइपिएल समेत जिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै