२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता आईपीएलको फाइनलमा प्रवेश

२०८१, ९ जेष्ठ बुधबार ०१:५९

जेठ ९, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा  कोलकाता नाइट्स राइडर्सले फाइनलमा प्रवेश गरेको छ ।

हिजो राति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनल प्रवेश गरेको हो ।

पहिले ब्याटिङ गरेको हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ५८, वेंकटेश ऐयरले ५१ रन,  ओपनर रहमनुल्लाह गुरबाजले २३ र सुनिल नरिनले २१ रन जोडे ।

हैदराबादका कप्तान प्याट कमिन्स र नटराजनले समान १-१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको हैदराबादले १९.३ ओभरमा सबै विकेट गुमाएर १५९ रन बनाएको थियो । हैदराबादका राहुल त्रिपाठीले ५५, हेनरिच क्लासनले ३२, प्याट कमिन्सले ३० रन बनाए । अन्य ब्याटर भने चल्न सकेनन् ।

कोलकाताका मिचेल स्टार्कले ३ विकेट लिए भने वरुण चक्रवर्तीले २ विकेट, वैभव अरोरा, हर्षित राना,  आन्द्रे रसेल र सुनिल नरिनले १-१ विकेट लिए ।

पराजित भए पनि हैदराबादलाई फाइनल प्रवेशका लागि अझै एक अवसर छ ।

हैदराबादले राजस्थान रोयल्स र बेंगलुरबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी