२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता आईपीएलको फाइनलमा प्रवेश

९ जेष्ठ २०८१, बुधबार ०१:५९

जेठ ९, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा  कोलकाता नाइट्स राइडर्सले फाइनलमा प्रवेश गरेको छ ।

हिजो राति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनल प्रवेश गरेको हो ।

पहिले ब्याटिङ गरेको हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ५८, वेंकटेश ऐयरले ५१ रन,  ओपनर रहमनुल्लाह गुरबाजले २३ र सुनिल नरिनले २१ रन जोडे ।

हैदराबादका कप्तान प्याट कमिन्स र नटराजनले समान १-१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको हैदराबादले १९.३ ओभरमा सबै विकेट गुमाएर १५९ रन बनाएको थियो । हैदराबादका राहुल त्रिपाठीले ५५, हेनरिच क्लासनले ३२, प्याट कमिन्सले ३० रन बनाए । अन्य ब्याटर भने चल्न सकेनन् ।

कोलकाताका मिचेल स्टार्कले ३ विकेट लिए भने वरुण चक्रवर्तीले २ विकेट, वैभव अरोरा, हर्षित राना,  आन्द्रे रसेल र सुनिल नरिनले १-१ विकेट लिए ।

पराजित भए पनि हैदराबादलाई फाइनल प्रवेशका लागि अझै एक अवसर छ ।

हैदराबादले राजस्थान रोयल्स र बेंगलुरबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ