२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अमेरिकी दूतावासले २०७८ मा पनि आजै जसरी फर्काएको थियो सन्दीपलाई

९ जेष्ठ २०८१, बुधबार १२:३१

जेठ ९, काठमाडौँ । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेको भिसा ५ वर्षअघि पनि रोकेको थियो । सन् २०१९ अगस्ट १३ (२०७८ साउन २८) मा अन्तर्वार्तामा बोलाएर आजै जसरी सन्दीपलाई फर्काइएको थियो ।


सन्दीपले त्यसबारेमा सामाजिक सञ्जालमा आलोचनात्मक पोस्ट गरेका थिए । अमेरिकी दूतावासको ह्याण्डल तथा तत्कालीन अमेरिकी राजदूत रेन्डी बेरीलाई मेन्सन गर्दै लामिछानेले लेखेका थिए, ‘आज मैले सीपीएल प्रतियोगिता खेल्नको लागि भिसा लिन अमेरिकी दूतावास गएको थिएँ । नेपालको प्रतिनिधित्व गरेर सन् २०१६ बाट राष्ट्रिय टीमबाट विश्वभर क्रिकेट खेल्दै आएको मलाई भिसा अस्वीकार हुँदा ज्यादै ठूलो अनौठो लागेको छ । म यो सबै देखिरहँदा मुस्कुराइरहेको थिएँ, अवाक भएको थिए । सबै चाहिने कागजात हुँदा पनि मलाई भिसा दिइएन । खेलाडीको रूपमा मलाई सीपीएल २०१९ खेल्न अब गाह्रो हुनेछ ।’

सन्दीपले यस्तो आलोचनात्मक ट्वीट भाइरल भएसँगै अमेरिकी दूतावासको व्यापक आलोचना भएको थियो । त्यसको केही घण्टापछि सन्दीपलाई दूतावासले आफैँ बोलाएर भिसा दिएको थियो ।

योपटक सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

भिसा रद्दलगत्तै क्यान सचिव पारस खड्काले सन्दीपलाई लिएर फेरि दूतावास गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ