२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई प्रशिक्षकका लागि सम्पर्क नगरेको भारतीय बोर्डको दाबी

१२ जेष्ठ २०८१, शनिबार ०२:५३

जेठ १२, काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले बोर्डले कुनै पनि पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई टीम इन्डियाको मुख्य प्रशिक्षक पदका लागि सम्पर्क नगरेको बताएका छन् । 

यस अघि अस्ट्रेलियाका पूर्व प्रशिक्षक जस्टिन ल्याङ्गर र विश्वकप च्याम्पियनका पूर्व कप्तान रिकी पोन्टिङले बीसीसीआईले उनीहरुलाई भारतीय टोलीको प्रशिक्षक बन्न प्रस्ताव गरेको दाबी गरेका थिए । 

एएनआईका अनुसार जय शाहले एक विज्ञप्तिमा भनेका छन्, ‘मैले न त बीसीसीआईले कुनै अष्ट्रेलियालीलाई प्रशिक्षक बन्न प्रस्ताव गरेको छैन । समाचार गलत हो । हाम्रो ध्यान भारतीय क्रिकेटको गहिरो ज्ञान भएको व्यक्ति छनोटमा छ । प्रशिक्षक भारतको घरेलु क्रिकेट बुझेको हुनुपर्छ ।'

यसअघि दिल्ली क्यापिटल्सका प्रशिक्षक रिकी पोन्टिङले आईसीसी रिभ्युसँग कुरा गर्दै बीसीसीआईले उनलाई टीम इन्डियाको मुख्य प्रशिक्षकका लागि सम्पर्क गरेको बताउदै उनी अझै त्यसका लागि तयार नभएको बताएका थिए ।

लखनऊ सुपर जायन्ट्सका प्रशिक्षक जस्टिन ल्याङ्गरले हालै भारतीय टोलीको प्रशिक्षकका लागि आवेदन दिने अन्तिम मिति २७ मे रहेको छ । बोर्डले मे १३ मा प्रशिक्षकको विज्ञापन जारी गरेको थियो । 

मुख्य प्रशिक्षक पदका लागि भारतीय खेलाडीहरु गौतम गम्भीरको चर्चा सबैभन्दा अगाडी रहेको छ ।

यस अघि राहुल द्रविडलाई नोभेम्बर २०२१ मा भारतको मुख्य प्रशिक्षक बनाइएको थियो । द्रभिडले आउदो टी-२० विश्वकपपछि प्रशिक्षक पद छोड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ