२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइपिएल २०२४ को उपाधि कोलकाता नाइट राइडर्सलाई, लक्ष्य १०.३ ओभरमै तोडियो !

१३ जेष्ठ २०८१, आईतवार १६:५५

जेठ १३, काठमाडौँ । आइपिएल २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा सनराइजर्स हैदरावादले दिएको ११४ रनको झिनो लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमै २ विकेटको क्षेतिमा उक्त लक्ष्य पुरा गर्दै आईपिएल २०२४ को उपाधि हात पारेको हो । उसले १० बर्षपछि तेश्रो पटक आइपिएल उपाधि उचाल्न सफल भएको हो ।

कोलाकाताले यसअघि सन् २०१२ र २०१४ सिजनमा आईपीएल उपाधि जितेको थियो । कोलाकाताले यसअघि सन् २०१२ र २०१४ सिजनमा आईपीएल उपाधि जितेको थियो । 

कोलकाताले फाइनल खेल ८ विकेटले जित्ने क्रममा कोलकाताका जितको लागि वेन्कटेश अय्यरले २६ बलमा नटआउट ५२ रनको पारी खेले । त्यस्तै अर्का ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले ३२ बलमा ३९ रन बनाए । हैदराबादका लापि प्याट कमिन्स र शहबाज अहमदले १–१ विकेट लिए ।


यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन मात्र बनाएको थियो । निकै खराब सुरुवात गरेको हैदराबादले मात्र २१ रनमा ३ विकेट गुमाएको थियो ।

टोलीका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे । ऐडन मार्क्रमले २० रनको योदान दिए भने हेनरिक क्लासनले १६ रन मात्र बनाए । त्यस्तै नितिश कुमार रेड्डीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

हैदरावादले आइपीएल फाइनल खेल इतिहासमै सबैभन्दा कम रनको लक्ष्य प्रस्तुत गरेपछि कोलकाताले सहज जित निकाल्न सफल बन्यो । आइपिएलको जारी सिजनमा ६ खेलमा २०० भन्दा बढी रनको स्कोर पार गरेको हैदराबाद फाइनल खेलमा सबैभन्दा कम रन बनाउने टिम समेत बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै