२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइपिएलमा कोलकोतालाई २० करोड भारु पुरस्कार, कुन कुन खेलाडीले के-के अवार्ड पाए ?

१४ जेष्ठ २०८१, सोमबार १०:१२

जेठ १४, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) ले नयाँ च्याम्पियन पाएको छ । गएराती सम्पन्न फाइनल खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको हो । 

कोलकोताले उपाधि जितेकोमा २० करोड भारु पुरस्कार पाएको छ । उपविजेता सनराइजर्सले १२ करोड ५० लाख भारु नगद पुरस्कार पाएको छ ।  त्यस्तै तेस्रो स्थानमा रहेको राजस्थान रोयल्सले ७ करोड र चौथो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरले ६ करोड ५० लाख भारु नगद पाएको छ ।


फाइनल खेलेका कोलकाता र हैदरावादका खेलाडीले व्यक्तिगत ९ मध्ये ६ अवार्ड जितेका छन् । सुनिल नारायणले सर्वाधिक २ अवार्ड पाए । त्यस्तै यस आइपिएलमा सर्बाधिक ७४१ रन बनाएका बैंगलुरुबाट खेलेका विराट कोहलीले ओरेन्ज क्याप जितेका छन् ।

त्यस्तै यस सिजनमा सर्बाधिक २४ विकेट लिएका पञ्जावबाट खेलेका हर्षल पटेलले पर्पल क्याप पाए । त्यस्तै प्रतियोगितामा ४८८ रन र २१ विकेट लिएका कोलकोताबाट खेलेका सुनिल नारन प्लेयर अफ द टुर्नामेन्ट बने । त्यस्तै यस सिजनको इमर्जिङ प्लेयर अफ द सिजनको उपाधि सनराइजर्सका नितिश रेड्डीले जितेका  छन् । उनले यस सिजनमा ३०३ रन बनाए भने ३ विकेट समेत लियका थिए ।

त्यस्तै यस सिजनमा सनराइजर्सका अभिषेक शर्माले सर्बाधिक ४२ छक्का प्रहार गरेका थिए भने सनराइजर्सकै ट्राभिस हेडले सर्बाधिक ६४ चौका प्रहार गरेका थिए ।

त्यसैगरी कोलकोताका रामनदीप सिंहले लखनउविरुद्ध लिएको क्याच प्रतियोगिताकै उत्कृष्ट क्याच बनेको थियो । उनले लखनउका ब्याट्सम्यान अर्शिन कुलकर्नीलाई सो क्याच लिएर आउट गरेका थिए ।

त्यसैगरी यस सिजनमा अल्टिमेट फेन्टासी प्लेयर सुनिल नारन बने भने उत्कृष्ट स्ट्राइकरेट दिल्लीबाट खेलेका ज्याक फ्रेजर म्यागर्कको रहेको थियो । उनले २३४.०४ को स्ट्राइकरेटले ९ खेलमा ३३० रन बनाएका थिए ।

सबै व्यक्तिगत अवार्ड विजेतालाई १०-१० लाख भारु नगद पुरस्कार दिइएको थियो ।

  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ