२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टीयू क्रिकेट मैदानमा खेलकुदमन्त्रीको निरीक्षण, सन्दीपलाई भेटेर भने– केही हुँदा प्लिज कल मि!

२०८१, १७ जेष्ठ बिहीबार १०:०१

जेठ १७, काठमाडौँ ।  बिहीबार त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्न पुगेका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले क्रिकेटर सन्दीप लामिछानेसँग  छोटो भेटवार्ता गरेका छन्। 

सन्दीप मैदानमा अभ्यास खेल खेलिरहदां मन्त्री श्रेष्ठ अनुगमनका लागि पुगेका थिए। उनले  विश्वकपको भिसा दिन अमेरिकी दूतावासले अस्वीकार गरेको प्रसंगमा आफूहरूले सक्दो प्रयास गरिरहेको जानकारी गराए। 


‘हामीले गर्ने शतप्रतिशत गरेका छौँ, उताबाट अलिक हुन सकेको छैन,’ उनले सन्दीपलाई भने, ‘यहाँ भइदिएको भए हामीले नै यो गर्नु, उ गर्नु भनेर भन्न पाइन्थ्यो। त्यसका फेरि अरु धेरै कुटनीतिक मर्यादाहरू हुन्छन्।’

उनले आफ्नै अघि परराष्ट्रमन्त्रीले पटक पटक भिसा प्रयासका लागि समन्वय गरेको जानकारी पनि सन्दीपलाई गराए। 

‘मेरै अगाडि पटक पटक परराष्ट्रमन्त्रीज्यूले समन्वयका लागि भन्नुभएको छ,’ मन्त्री श्रेष्ठले अघि भने, ‘अरु केही भयो भने कल मी!’

नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिँदैछ। विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले पनि नोट लेखिसकेको छ।

भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने छन्।

मन्त्री श्रेष्ठसहितको टोलीले बिहीबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अनुगमन गरेका थिए। सो अवसरमा युवा तथा खेलकुद मन्त्री श्रेष्ठले क्रिकेट मैदानमा अब बन्ने नयाँ संरचनाका बारेमा जानकारी लिएका थिए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले टीयू क्रिकेट मैदान हातामा राखेपले बनाएको अधिकांश भौतिक संरचना बारे जानकारी दिएका थिए ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले क्रिकेट मैदान हाताभित्र बन्ने नयाँ संरचनाको प्रारम्भिक ढाँचा बारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले