२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अल हिलालले जित्यो किङ कपको उपाधि

१९ जेष्ठ २०८१, शनिबार ०५:५१

जेठ १९, काठमाडौं । अल हिलालले किङ कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै किङ कपको उपाधि जितेको हो । 

यस अघि निर्धारित ९० मिनेटको खेल निकै रोमाञ्चक बनेको थियो ।  १-० गोलले पछि परेको अल नासरले खेलको ८८औ मिनेटमा बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा खेलाइएको थियो ।  अल हिलालका लागि खेलको सातौँ मिनेटमा अलेक्जान्डर मिट्रोभिकले गोल गरेका थिए भने अल नासरका लागि आयम्यान याहाले बराबरी गोल गरेका थिए । 

यस खेलमा तीन खेलाडीले रातो कार्ड पाएका थिए ।  खेलको ५६औं मिनेटमा अल नासरका डेभिड ओस्पिनाले रातो कार्ड पाएका थिए भने खेलको ८७औ र ९०औं मिनेटमा अल हिलालका अलि अल्बूलायहि र कालीडोउ कोउलिबालीले रातो कार्ड पाएका थिए । 

३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको तिह्यो । 

पेनाल्टी सुटआउटमा अल हिलाल ५-४ ले विजयी भयो र उपाधि जितेको थियो । 

यो अल हिलालको लगातार दोस्रो र समग्रमा ११औ किङ कप को उपाधि हो ।   

अल नासरले भने अहिलेसम्म १५ पटक फाइनल खेलेपनि केवल ६ पटक यो उपाधि जितेको छ ।  पछिल्लो पटक अल नासरले १९९० मा यो उपाधि जितेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ