२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

च्याम्पियन्स लिग फाइनल: उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै

२०८१, १९ जेष्ठ शनिबार ०८:१६

जेठ १९, काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको फाइनल आज राति हुदै छ । फाइनलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड र जर्मनी क्लब बोरुसिया डोर्टमण्डखेल्दै छन् ।

इङल्याण्डको विम्बली स्टेडियममा हुने यो फाइनल खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि हुदै छ ।

रियल म्याड्रिडले सेमिफाइनलमा जर्मनी क्लब बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने डोर्टमण्डले फ्रेन्च क्लब पिएसजीलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

यस अघि सबैभन्दा बढी १४ पटक च्याम्पियन्स लिग जितेको रियल म्याड्रिड आफ्नो १५औं उपाधिका लागि फाइनल खेल्दै छ । रियल म्याड्रिड च्याम्पियन्स लिगको इतिहासमा १८औं फाइनल खेल्दै छ । रियल म्याड्रिडले पछिल्लो पटक २०२२ मा च्याम्पियन्स लिग जितेको थियो ।

रियल म्याड्रिड फाइनलमा पुगेर तीन पटक मात्र उपविजेता बनेको छ । सन् १९६२, १९६४ र १९८१ मा रियल म्याड्रिड फाइनलमा पुगेर हारेको थियो । त्यस यता फाइनलमा पुगेर रियल म्याड्रिड अहिलेसम्म पराजित भएको छैन ।

त्यस्तै डोर्टमण्ड भने तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेल्दै छ । यस अघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डोर्टमण्ड पछिल्लो पटक २०१३ मा च्याम्पियन्स लिगको फाइनल खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले